समाज

फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्न पाइने

इकागज |
माघ २३, २०७८ आइतबार २०:५१ बजे

काठमाडौं – आगामी फागुन १ गते शैक्षिक संस्था खोल्न पाइने भएको छ । 

आगामी फागुन १ गतेदेखि विश्वविद्यालय, कलेज, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जानकारी दिएका छन् ।


यद्यपि, विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमति र १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन जारी सूचनामा उल्लेख छ ।


Author

थप समाचार
x