समाज

सामुदायिक वनमा १८ वर्षीया युवती बलात्कृत

इकागज |
माघ २५, २०७८ मंगलबार १६:८ बजे

काठमाडाैँ – बर्दियामा एक १८ वर्षीया युवती बलात्कृत भएकी छन् । बारबर्दिया नगरपालिका–१ स्थित जनशान्ति सामुदायिक वनमा ती युवती बलात्कृत भएकी हुन् ।

ती युवतीलाई बलात्कार गरेकाे आराेपमा प्रहरीले मधुबन नगरपालिका–४ बस्ने २५ वर्षीय प्रकाश चौधरीलाई सोमबार दिउँसो पक्राउसमेत गरेको छ । 


सामुदायिक वनमा प्रकाशले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 


Author

थप समाचार
x