कोभिडले बन्द पशुपति मन्दिर शुक्रबारदेखि खुला
काठमाडौँ - शुक्रबारदेखि दर्शनार्थीका लाागि पशुपतिनाथको मन्दिर खुला हुने भएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पुजा र ध्यान गराउने प्रावधान भएकाले २८ गतेबाट खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
दर्शनार्थी र भक्तजनको गुनासो आएपछि मन्दिर खुला गर्ने निर्णय भएको विकास कोषको दाबी छ । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसार भक्तजनलाई दर्शन गर्न दिने कोषले जारी गरेको सूचनामा उल्लेख छ । कोभिड-१९ को तेस्रो लहर सुरु भएपछि मन्दिर प्रवेशमा निषेध गरिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया