समाज

विभिन्न ठाउँबाट लागूऔषधसहित ६ जना पक्राउ

इकागज |
माघ २९, २०७८ शनिबार २०:१६ बजे

फाइल फोटो

काठमाडौँ : सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका २ फत्तेपुर ईलाकाबाट माघ २८ गते सशस्त्र प्रहरीले ५४ वटा नाईट्रोभेट ट्याब्लेट र करीव १० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
        
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ बर्षिय सुजन चौधरी र २० बर्षिय प्रविण थापा छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश फत्तेपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो ।

यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित पिपलबोट ईलाकाबाट माघ २९ गते सशस्त्र प्रहरीले करीव ५ सय ५५ वटा नाईट्रोजेपाम ब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ६ बस्ने २२ बर्षिय दिपेश बिक र १९ बर्षिय सन्तोष बिक छन् । उनीहरुलाइ सशस्त्र प्रहरी बल, नेपाल बिओपी मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको
हो ।


यसैगरी मोरङ जिल्लाको  विराटनगर महानगरपालिका १६ स्थित सीमा इलाकाबाट माघ २९ गते सशस्त्र प्रहरीले ६ बोतल डाईलेक्स र २ बोतल एसकुफसहित सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका ७ बस्ने ४० बर्षिय कृष्ण कुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।

मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी रानीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ । यसैगरी कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित आँपताल सीमा ईलाकाबाट माघ २८ गते सशस्त्र प्रहरीले करीव ३० वटा नाईट्रोभेट ट्याब्लेटसहित कैलाली जिल्लाको धनगढी  उपमहानगपालिका १३ बस्ने २४ बर्षिय मुकेश रानालाई पक्राउ गरेको छ ।

सु. प्र. प. ०१००८ प ११३३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज रानालाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश आँपतालबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । त्यसवेला सो मोटरसाईकलसमेत बरामद गरिएको छ ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
 


Author

थप समाचार
x