महोत्तरी प्रकरण : श्रीमानले साथीहरुसँग मिलेर गरे हत्या
महोत्तरी – महोत्तरीको सागरनाथ जंगलभित्र मृत अवस्थामा फेला परेकी महिलाको हत्या गरी फालिएको पाइएको छ । हत्यामा सग्लन भएको आरोपमा मृतकका श्रीमान अजय महतो कोइरी र उनका सहयोगी प्रमोद राउतलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
५ दिन अगाडी गौशाला नगरपालिका वडा नं. १२ कान्तिबजार जाने बाटोमा रेल्वे लिकभन्दा ५ सय मिटर अगाडि पहिचान खुल्न नसकेकी मृत महिला भारतको सितामाढीकी राधा भनिने अपसना खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
कसरी हत्या भयो ?
मृतक राधा भनिने अपसना खातुन सर्लाहीमा ज्याला मजदुरी गर्ने गर्थिन् । यसैक्रममा २ वर्ष अगाडि पेटी ठेक्कापट्टा गर्ने अजय तिवारीसग भेट भयो । अजय र राधाको नजिकपना बढ्दै गएपछि उनीहरुको सम्बन्ध प्रेमसम्बन्धमा रुपान्तरण भयो । उनीहरुले प्रेमसमबन्धलाई २ वर्ष अगाडिमात्र विवाहमा परिणत गराएका थिए।
राधाको अजयसग दोश्रो विवाह हो । २ वर्ष अगाडि नै राधाको पहिलो श्रीमानसँग सम्बन्ध बिग्रिएपछी उनी तनावमा थिइन् । सोही समयमा अजयसँगको भेट भएको थियो।
उनका पहिलो श्रीमानको घर भारतको उत्तर प्रदेशमा हो । पहिलो श्रीमानबाट राधाका दुई छोरा छन् । दुई छोराहरुको पालन पोषणको सर्तमा हत्या आरोपित दोश्रो श्रीमान अजय साहले दुई वर्ष अगाडि विवाह गरे । नेपालमा बसेर काम गरे पनि अजय र मृतक राधाको माइती भारतको सितामाढी नै हो ।
अजयले प्रहरीलाई दिएको बयान अनुसार राधाले अजयलाइ उनको घर भारतको बिहार प्रदेशस्थित सितामाढी लैजान निक्कै कर गरिन् । अजयले राधालाई घर लिएर गए । तर उनीहरुको सम्बन्धलाई परिवार र समाजले स्वीकार गरेन । त्यसपछि उनीहरु पुन; जब सर्लाही नै फर्किए ।
सर्लाहीस्थित मलङगवामा कोठा भाडामा लिएर बसेका उनीहरुको दैनिक जेनतेन चलिरहेको थियो। राधाले श्रीमान् अजयलाई कोट म्यारिज गर्न, अधिकार दिन दबाब दिइन् ।
अजयले प्रहरीलाई दिएको बयानअनुसार आर्थिक कारोबारमा समेत राधाले बिस्तारै अजयलाइ तनाव दिन थालिन् । तुरुन्त अधिकार नदिलाए जवर्जस्त करणीको मुद्दामा फसाउने समेत धम्की दिएपछी अजयले त्यो तनाव झेल्न नै सकेनन ।
कसरी भयो हत्याको योजना ?
अजयको अनुसार ७ महिनाको गर्भवती समेत रहेकी राधाले निक्कै तनाव दिएपछि उनले उक्त पीडा आफ्ना साथीभाइलाई पनि भने ।
साथीभाई कै योजनामा अजयले भित्रभित्रै राधालाई जीवनवाट नै पन्छाउने योजना बुन्दै गए । लामो छलफलपछि अजयका साथी प्रमोद राउत र सँगै काम गर्ने एक जनाले हत्याको योजना बताए । प्रमोदले महोत्तरीको सागरनाथ जंगलमा लैजाने र त्यही हत्या गर्ने सुझाएपछि अजय र उनका सहयोगी पनि तयार भए ।
२ फाल्गुनमा मेला हेर्न महोत्तरीको गौशालामा जाने भनेर सुनाएपछि राधा पनि निक्कै खुसी भइन् । श्रीमान अजय महतोले पहिलो आफूसँग विवाह गरे आउनु अघिका २ छोराहरुलाई पनि सँगै लिएर गए । साथमा प्रमोद राउत र अजयका अर्का एक जना सहयोगी पुरुष पछि-पछि थिए ।
उनीहरुले महिलालाई सागरनाथ जंगलको रेल्वे ट्र्याकमा लगेर सलले घाटीमा तीन फन्को बाँधे । दुवै जनाले राधालाई समाएर कन्चट र छातीमा लात्ता हाने । त्यसपछि पेटमा लाताले हानेर हत्या गरेपछि उनीहरुले रेल्वे ट्र्याकवाट २ सय मिटर अगाडि ल्याएर शव छाडेर भागे ।
अभियुक्त कसरी पक्राउ परे ?
महिलाको घाटीमा निलडाम र शरीरका विभिन्न भागहरुमा चोटपटक देखेपछि प्रहरी घटनाको अवस्था हेर्दै हत्या नै भएको निष्कर्षमा पुगेको थियो ।
अझ २ फाल्गुनमा बेवारिसे अवस्थामा गौशालामा नै फेला परेका दुई बच्चा प्रहरीलाई अनुसन्धान गर्न निक्कै सहज बन्यो । दुई बच्चा मध्य एउटा बच्चालाई बुवाको नाम सोधपुछ गर्दा अजय बताएपछी प्रहरीले त्यसलाई पनि आधार बनायो ।
प्रारम्भिक अनुसन्धानमा आएका हरेक प्रमाणहरुलाई आधार बनाएर महोत्तरीको प्रहरीमात्र हैन सर्लाही र भारतमा समेत प्रहरीले निगरानी बढायो ।इलाका प्रहरी गौशाला, जिल्लाको अनुसन्धान बिभाग र प्रदेशका प्रहरीले घटनालाई सुक्ष्म अध्ययन गरेपछि प्रहरीको आशंका श्रीमान तर्फ मोडियो ।
त्यस्को ५ दिनपछि भारतीय प्रहरीको सहयोग नेपाल प्रहरीले हत्याको आरोपित अजय महतो र प्रमोद राउतलाइ भारतको सितामाढीबाट पक्राउ गरेको छ भने हत्यामा संलग्न एक जना अझै फरार छन् ।
मंगलवार बेलुका महोत्तरीको गौशाला-११ स्थित सागरनाथ जंगल नजिकैको पसलमा वेवारिसे अवस्थामा फेला परेका २ जना बालक मृतक महिलाको नै भएको पुष्टि भएको छ ।
उनीहरु महिलाको पहिलो पतिबाट जन्मिएका र उनीहरुलाई अभिभावकको जिम्मा लागाउने प्रहरीले तयारी गरेको छ । उनीहरुलाइ महिलासँगै ल्याएको भएपनि हत्या गर्ने योजना नभएको हत्या आरोपित अजय साहले प्रहरीको बयानमा भनेका छन् । अहिले बच्चाहरु स्थानीय दिनेश महतोको आश्रयमा छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया