करिब एक किलो सुनसहित त्रिभुवन विमानस्थलबाट दुई विदेशी पक्राउ
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतीय नागरिक पारसनाथ साह र बंगलादेशी नागरिक मोहम्मद टोफिक्यु उल्लाह छन्।
विमानस्थल प्रहरीका प्रमुख एसएसपी भीम ढकाले सोमबार दुबईबाट हिमालय एयरलाइन्सको जहाजमार्फत् काठमाडौं आएका बंगलादेशी नागरिक मोहम्मदलाई ९३६ ग्राम सुनसहित पक्राउ गरेकाे बताए । उक्त सुनकाे बजार मूल्य करिब ७६ लाख रहेकाे छ ।
उनका अनुसार मोहम्मदले 'मेटल डिटेक्टर' मेसिनले समेत पत्ता लगाउन नसक्ने बनाएर अर्धठोस आकारमा कम्मरमा 'फल्स बटम' बनाएर सुन ल्याएकाे अनुसन्धानबाट खुलेकाे छ । उनीमाथि सोधपुछ गर्ने क्रममा उक्त सुन भारतीय नागरिक पारसनाथको रहेको ढकालले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया