समाज

मदरसा विधयेक तथा चिनियाँ विस्तारवादको विरोधमा जनसभा

सुभाष कर्ण |
फागुन १४, २०७८ शनिबार २१:४५ बजे

जनकपुर – मधेश प्रदेश सरकारद्वारा जारी मदरसा विधयेक तथा चिनियाँ विस्तारवादको बिरोधमा राष्ट्रिय एकता अभियानले जनकपुरधाम स्थित जानकी मन्दिरमा जनसभा गरेकाे छ ।

जनसभालाई सम्बाेधन गर्दै अभियानका अध्यक्ष विनय यादवले पछिल्लाे समयमा चिनियाँ विस्तारवाद नेपालमा बढेकाे बताए । उनले चिनियाँ विस्तारवाद नेपालकाे विकासका प्रमुख बाधक भएकाे आराेपसमेत लगाए । 


विकासका लागि आएकाे एमसीसी परियाेजना लागू हुन नदिन चीनले नेपालमा केही पार्टी र तिनका नेतालाई रूपैयाँ दिएर आन्दाेलन गराइरहेकाे उनकाे आराेप छ ।

उनले भने, ‘नेपालमा चिनियाँ विस्तारवाद बढेको छ, नेपालको राजनीतिमा पनि चीनले बेला बेला हस्ताक्षेप गरिरहेको हुन्छ, जसले गर्दा हाम्रो देशमा सुरक्षा चुनौती थपिएको छ, सार्भभौम सत्ता खतरामा परिरहेको छ।’

उनले चीनले नेपाललाई  विकासको नाममा ऋण दिएर संकटमा पार्न खोजिरहेको आरोप लगाए । उनले भने,‘चीनले पोखरा विमानस्थल बनाउन नेपाललाई ऋण दिए अहिले ३ प्रतिशतभन्दा बढी ब्याज उठाइरहेको छ, जसले नेपाल चीनको चक्करमा परेर ऋण बोकिरहेको छ।’

पछिल्लो समय मधेश प्रदेशमा हिन्दु समुदायमाथि मुस्लिम जिहादीहरूको ज्यादती बढेको बताए । उनले भने, 'धनुषाकाे देवपुरामा छठ पर्वकाे बेला मुस्लिम समुदायद्वारा आक्रमण र सुनसरी जिल्लामा केही समयअघि एक हिन्दु छोरीमाथि मुस्लिम जिहादीले बलात्कार गरेका थिए, त्यसपछि उहाँको घरमा आगोसमेत लगाइएको  स्मरण गराउंदै यसले  हिन्दु समुदायमाथि मुस्लिम जिहादीहरूको ज्यादती बढेको पुष्टि भइरहेकाे छ ।'

अध्यक्ष यादवले प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबु राउतले नेपालमा आईएसआईको एजेन्टको रुपमा कार्यरत रहेको आरोपसमेत लगाए । अध्यक्ष यादवले मधेशमा तालिवानी अतिवादीहरुको घुसपैठ अत्यधिक रूपमा भइरहेको र त्यसैको सेरोफेरोमा मुख्यमन्त्री राउतले मदरसा विधयेक लागू गर्न खोजेको आरोप लगाए ।

उनले भने, ‘पाकिस्तानी आईएसआईका एजेन्टको रूपमा मुख्यमन्त्रीले काम गरिरहेको र तिनको संरक्षण जसपा अध्यक्ष उपेन्द्र यादवले गरिरहेका छन् ।’ अब प्रदेशलाई हिन्दूमय बनाउने अठोटका साथ अभियान लागि परेको उनले बताए ।

मधेशी, दलित, जनजाति, आदिवासी सम्पूर्णको अधिकारका लागि संघीय गणतन्त्र स्थापना भएको र यसै संविधानमा हिन्दू सनातन संस्कृतिको पहिचान स्वरुप संविधानलाई संघीय हिन्दू गणतन्त्र बनाउने आवश्यकतामा उनले जाेड दिए ।

अभियान जनकपुरका संयोजक मनीष हिन्दूको अध्यक्षतामा जनसभा सम्पन्न भएको हो । जनसभामा केन्द्रिय उपाध्यक्ष सुनीता साह, वरिष्ठ नेता कासिंन्द्र यादव, सिराहा संयोजक हेमंत सिंह, मोरङ संयोजक जितेन्द्र यादव, धनुषा सदस्य सुनील दास, रवि साह, राकेश साह लगायतले पनि आ–आफ्ना धारणा राखेका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x