बुद्धको ज्ञान र सन्देश प्रवर्द्धन गर्नुपर्छ : मेयर शाक्य
काठमाडौँ- बुद्ध जन्मिएको देशमा बुद्धको ज्ञान र सन्देशको प्रवद्धन गर्नुपर्ने काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् । आइतबार वडा १० निर्मित अन्तरर्राष्ट्रिय बौद्ध भावना केन्द्रको नयाँ धम्महल भवनको उद्घाटन गर्दा उनले बुद्धको ज्ञान लिन विदेश जानुपर्ने बाध्यता हटाएर आफ्नै मुलुकबाट ज्ञान प्रचारप्रसार गर्नुपर्ने बताए । महानगरपालिकाले धम्महल भवन निर्माणका लागि करीब ३ करोड ७८ लाख आर्थिक सहयोग गरेको छ ।
‘नेपाल बुद्ध जन्मिएको देश भए पनि बुद्धका बारेमा अध्ययन गर्न र बुद्धको ज्ञान लिन देश बाहिर जानुपर्ने बाध्यता अहिले पनि रहेको भन्दै धेरैतिरबाट सुझाव आयो,’ प्रमुख शाक्यले भने, ‘यस्तो सुझावको सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाले बुद्ध जन्मिएको देशमा बुद्धको ज्ञान र सन्देशको प्रवर्धन गर्नुपर्छ भन्ने हेतूले सहयोग गर्दै आएको छ ।’
उनले अन्तराष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महल भवन निर्माणका लागि महानगरपालिकाले आर्थिक सहयाेग गरेको स्मरण गराए । ‘चुनावी घोषणापत्रमा समावेश गरे अनुसार नै काठमाडौँ महानगर क्षेत्र भित्रका मूत–अमूर्त सम्पदाको संरक्षण गर्ने प्रतिवद्धता पूरा गर्दै आएका छौँ,’ शाक्यले भने, ‘हामीले सुरुदेखि नै महानगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण मूत–अमूर्त सम्पदाको संरक्षण गर्ने अभियान चलाउँदै आयौँ ।’
गौतमुबद्धको जन्मथललो लुम्बिनीमा महानगरपालिकाको करीब चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डल द्वार निर्माण भएको छ ।उनले नेपाली बौद्धकला, बास्तुकलाका विहार बन्न छाडेको ३ सय ७२ वर्ष भएको र ३ सय ७२ वर्षपछि अहिले उक्त विहार स्वदेशकै लगानीमा बन्दा स्वाभिमान प्राप्त भएको बताए ।
धर्म नरसिंह शाक्य र चन्द्रादेवी शाक्यले प्रदान गरेको पन्ध्र आना दुई पैसामा करीब ७ करोड लगानीमा निर्माण उक्त भवनमा परियति शिक्षासँगै ध्यान शिविर सञ्चालन गरिने केन्द्रका अध्यक्ष प्रत्येकरत्न ताम्राकारले जानकारी दिए ।
२०४२ सालमा स्थापना भएको बौद्ध भावना केन्द्र करीब ७ रोपनी ६ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ । केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउँदै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया