समाज

धनुषामा ९ वटा बालविवाह राेक्न प्रहरी सफल

इकागज |
फागुन १७, २०७८ मंगलबार १७:३९ बजे

जनकपुरधाम – प्रहरीले धनुषामा डेढ महिनाको अवधिमा ९ वटा बालविवाह रोक्न सफल भएका छन । 

जिल्ला प्रहरी कार्यालय धनुषाले एक विज्ञप्ति जारी गरी माघ महिनामा ३ र फागुनको १५ गतेसम्ममा ९ वटा बालविवाह रोक्न सफल भएको जनाएको छ । प्रहरीका अनुसार १४ वर्षदेखि १८ वर्षसम्मका बालिकाहरुको विवाह रोकिएको हो । 


जिल्लाको शहिदनगर नगरपालिका, लक्ष्मीनिया गाउँपालिका, धनुषाधाम नगरपालिका, सबैला नगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ नगरपालिकामा एक÷एक र विदेह नगरपालिकामा ३ वटा बालविवाह रोक्न सफल भएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन । 

उनले भने सबैभन्दा बढी बालविवाह विदेह नगरपालिकामा बालविवाह रोकेका हौं । बस्नेतले भने, ‘बालविवाह हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले तत्काल प्रहरी टोली खटाएर अभिभावक, न्यायिक समिति, नागरिक समाज, महिला समूह लगायतको सहयोग र समन्वयमा बालविवाह रोक्न सफल भएका हौं । 

बालविवाहमा संलग्नलाई कारवाही बारे प्रवक्ता बस्नेतले भने प्रहरीले बाल विवाह गर्न÷गराउन सचेतनाका लागि रोकेको मात्र हो, कारवाही प्रक्रिया कसैमाथि अघि बढाइएको होइन । समाजिक चेतनाका आभावमा बालविवाह गरिदै आएको हो, हामीले शान्ति सुरक्षाका साथै सचेत गराउने मात्र हौं, यस्ता कार्य समाजिक स्तरबाटै रोकिनुपर्ने हो हामीले समन्वय मात्र गर्ने हो । 


Author

थप समाचार
x