युक्रेनमा रुसविरुद्ध युद्ध लड्दै नेपालका प्रताप बस्नेत
काठमाडौँ : रुसविरुद्धको युद्ध लड्न युक्रेनका तर्फबाट नेपाली युवा प्रताप बस्नेत पनि लामबद्ध भएका छन् । रुसविरुद्धको युद्ध लड्न आफू सेनामा भर्ती भएको उनले बताएका छन् ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनले आफ्नो घर नेपाल भएको र नाम प्रताप बस्नेत भएको खुलाएका छन् । उनले आफूलाई युक्रेनले धेरै थोक दिएकाले अहिले परेका बेला युक्रेनका लागि रुसविरुद्ध युद्ध लड्न लागेको बताएका हुन् ।
रुसले आक्रमण गरेपछि युक्रेनमा रहेका धेरै नेपाली राजधानी किभबाट भागेर छिमेकी देश पोल्याण्ड, बेलारुस, जर्मनी लगायतका देश पुगेका छन् । उनीहरु त्यहाँँबाट नेपाल फर्किने तयारीमा छन् । तर किभमै रहेका नेपाली युवा बस्नेत भने भाग्न छाडेर युक्रेनका लागि रुसविरुद्ध युद्ध लड्न सेनामा भर्ती भएका हुन् ।
युक्रेनलाई यतिबेला ठूलो सहयोगको खाँचो रहेको भन्दै उनले मानवीयताका लागि आफू युद्धमा होमिएको पनि बताएका छन् । साथै उनले आफू युद्ध लड्न सेनामा भर्ती हुन लाग्दा डर नभई गौरव लागेको समेत बताएका छन् ।
युक्रेनको पक्षमा लड्दै नेपाली युवा !! pic.twitter.com/wuGnnozwma
— Chiran Sharma (@chiranuk) March 2, 2022
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया