समाज

मेलम्चीको पानी चैतमा काठमाडौँवासीको धारामा छाड्‌न यसरी हुँदैछ काम (फोटोफिचर)

अंकुरसिंह थापा |
माघ २६, २०७७ सोमबार ९:२४ बजे

काठमाडौँ  : मध्य चैतमा काठमाडौं उपत्यकावासीको धारामा मेलम्चीको पानी छाड्ने तयारी गरिएको छ । सिन्धुपाल्चोकको मेलम्चीदेखि काठमाडौंको सुन्दरीजलसम्म साढे २६ किलोमिटर सुरुङमा पानी भर्न १६ दिन लाग्छ । पानी भरेको २६ दिनपछि वितरण प्रणाली अन्तर्गतको उपभोक्ताको घरघरमा पुगेका पाइपमा पानी छाडिने खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले बताए । 


उनका अनुसार आगामी चैत १८ गतेसम्मा उपत्यकावासीको धारामा पानी आउनुपर्छ भन्‍ने अनुमान छ ।‘भौतिक संरचनागत हिसाबले अधिकांश पूरा भइसकेको छ, अब सुरुङमा पानी छिराएर परीक्षण गर्न मात्र बाँकी छ’ उनले इकागजसँग भने । करिब २६ ठाउँमा पानी आपूर्तिको परीक्षण पनि गरिसकिएको उनको दाबी छ । ‘उपत्यकाका एक सय ४६ सव डिष्ट्रिक मिटरिङ एरिया (पानी वितरण क्षेत्र) हरुमा परीक्षण गर्दै गर्दै लगिनेछ,' उनले भने 'त्यो नै वितरण पनि हुनेछ ।’

र, यो पनि
- मेलम्ची सपना लगभग पूरा हुँदै


Author

थप समाचार
x