समाज

कालीमाटी तरकारी बजारमा कृषिमन्त्री अर्याल(फोटो फिचर)

बजारलाई व्यवस्थित गर्ने योजनासहित मन्‍त्रालयमा उपस्थित हुन विकास समितिलाई निर्देशन

इकागज |
माघ २७, २०७७ मंगलबार १२:५७ बजे

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री पद्‍माकुमारी अर्यालले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताएकी छन् । मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गर्दै किसानले पसिनाको उचित मुल्य प्राप्त गर्नुपर्ने बताउँदै बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको बताइन् ।


उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आजको आवश्यकता भएकाले किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजार ग्यारेन्टी सरकारले गर्ने उनको भनाइ छ । उत्पादनलाई बढावा दिने तथा उत्पादनलाई बजारमा बिक्री हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने उनले बताइन् । 

मन्त्री अर्यालले बजारलाई व्यवस्थित गर्ने योजनासहित मन्‍त्रालयमा उपस्थित हुन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई निर्देशन दिएकी छन् । उनले फोहोर व्यवस्थापन र स्टललाई व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै मन्त्रालय र बजार समितिबीच छलफल गरी तत्काल एउटा निश्कर्षमा पुगिने बताइन् ।

 

तस्‍वीर : सराेज बैजु


Author

थप समाचार
x