नहरको पर्खाल भत्किँदा दुई कामदारको मृत्यु
दार्चुला : दार्चुलामा निर्माणाधिन नहरको पर्खाल भत्किँदा दुई कामदारको मृत्यु भएको छ । शनिबार अपिहिमाल गाउँपालिका-६ मज्जेमा निर्माणाधिन मज्जे खोला लघु जलविद्युत आयोजनाको पर्खाल भत्किदा दुई कामदारको ज्यान गएको प्रहरीले जनाएको छ ।
मार्मा गाउँपालिका-१ पाकुका अन्दाजी ४५ वर्षीय बलदेव महरा र अपिहिमाल गाउँपालिका-६ मज्जेकी अन्दाजी ४० वर्षीया गोमती धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया