समाज

सिरहामा सेनाको स्वास्थ्य शिविर

इकागज |
फागुन १६, २०७७ आइतबार २१:४४ बजे

काठमाडौँ : नेपाली सेनाले सिरहामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरबाट झण्डै हजार जना सर्वसाधारण लाभान्वित भएका छन् । नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले सेनाको श्री शेर गण र श्री नं. २७ फिल्ड एम्बुलेन्स गुल्म तथा नरहा गाँउपालिकाको सहकार्यमा सेनाले नरहा गाँउपालिकाका देवीपुर र बर्छवाका ५ वटै वडामा एक दिने शिविर सञ्चालन गरेको हो ।

जनता वनवालि उच्च माविमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १६ जना स्वास्थ्यकर्मीले सेवा दिएका थिए । शिविरबाट पाँच सय ८२ महिला र तीन सय ७९ पुरुष गरी जम्मा नौ सय ६१ जना सर्वसाधारण लाभान्वित भएका सेनाले जनाएको छ । शिविरका क्रममा सेनाले जनचेतनामुलक कार्यक्रम पनि गरेको थियो । 
 



Author

थप समाचार
x