समाज

माटोले पुरेर महिलाको मृत्यु

इकागज |
फागुन १७, २०७७ सोमबार १६:२६ बजे

धादिङ  :  उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर सोमबार एक महिलाको मत्यु भएको छ । सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा  पुरिएर त्रिपुरासुन्दरी-१ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो । 

सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्नेक्रममा कुमाल पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । उनको शव परीक्षणका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । (रासस)
 



Author

थप समाचार
x