समाज

ताप्लेजुङको दोभान बजारमा आगलागी

इकागज |
फागुन १८, २०७७ मगलवार ११:२ बजे

काठमाडौँ : ताप्लेजुङको दोभान बजारमा आगो लागेको छ । दोभान बजारमा बिहान ९ बजेदेखि आगो लागेको हो । आगो निभाउने क्रम जारी छ । 

घटनास्थल पुगेको प्रहरीले दमकलको सहायतामा आगो निभाउने काम सुरु गरेको हो । आगालागीबाट कति क्षति भयो ? भन्ने खुलेको छैन् । आगलागीको कारण पनि खुलेको छैन् । 


प्रदेश १ प्रहरीका अनुसार घटनास्थल पुगेको प्रहरीसँग थप सम्पर्क नहुँदा घटना विवरण आउन बाँकी छ । 


Author

थप समाचार
x