समाज

माटोको ढिस्कोमा पुरिएका दुईको शव एपीएफद्वारा बरामद

इकागज |
फागुन २३, २०७७ आइतवार २०:३२ बजे

ताप्लेजुङ्ग : ताप्लेजुङ्ग जिल्लाको मिक्‍वाखोला गाउँपालिका-२ स्थित थुम्वामा निर्माणधिन सानिमा हाइड्रोपावरको सुरुङ्गभित्र पुरिएर बेपत्ता भएका दुई जनाको शव एपीएफ टोलीले फेला पारेको छ । फागुन २२ गते एपीएफको टोलीले शव फेला पारेको हो ।

हाइड्रोपावरको सुरुङ्गभित्र काम गर्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिएर बेपत्ता भएका भोजपुरका २८ वर्षीय सन्तोष बानियाँ र उदयपुका २७ वर्षीय अम्मर विश्‍वकर्मा रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश गैह्रेले जानकारी दिए । 


सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश ढुङ्गेसाँघुबाट सहायक निरीक्षक चन्द्रबहादुर वेगाको कमाण्डमा खटिएको एपीएफ टोलीले सुरुङ्गबाट उनीहरूको शव बाहिर निकालेको  गैह्रेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


Author

थप समाचार
x