लमजुङको ईशानेश्वर महादेव मन्दिरमा १ सय ८ धारा निर्माण
लमजुङको-ईशानेश्वर-महादेव
लमजुङ – मध्यनेपाल नगरपालिका-७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा १ सय ८ धारा निर्माण गरिएको छ ।
मन्दिर परिसरमा १ सय ८ वटा ढुंगाको धारा निर्माण गरिएको इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले जनाएको छ । समितिका अध्यक्ष रामचन्द्र घिमिरेका अनुसार यसै बर्षको शिवरात्रीदेखि धारा संचालनमा आएको हो ।
मध्यनेपाल नगरपालिका र स्थानीयबासीको सहयोगमा धारा निर्माण भएको हो । धाराका लागि स्थानीयले ५० हजार देखि १ लाख ११ हजार १ सय ११ रुपियाँसम्म सहयोग गरेका छन् ।
१ सय ८ जनाले आफ्नो र परिवारको नाममा धारा निर्माण गरेका छन् ।
शिलालेखमा एकल नाम राख्नेले ५० हजार, श्रीमानश्रीमतिको नाम राख्न चाहनेले ७५ हजार रुपियाँ र परिवारको नाम शिलालेखमा राख्न चाहनेले १ लाख ११ हजार १ सय ११ रुपियाँ सहयोग गरेका छन् ।
आधा रकम उठ्न बाँकी रहेको समितिले जनाएको छ । उक्त रकमबाट भक्तपुरबाट ढुंगा ल्याएर धारा निर्माण, जग्गा खरिद, मन्दिर व्यवस्थापनको काम गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया