प्रमुख समाचार

सुर्खेत घटनामा असईविरुद्ध किटानी जाहेरी

सुर्खेत-घटनामा-असईविरुद्

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:३ बजे

सुर्खेत – सुर्खेतमा मृत्यु भएका कालीकोटका युवक कृष्ण हमाल ‘मिनी’का बाबु हिराचन्द्रले प्रहरी निरीक्षक असईविरुद्ध किटानी जाहेरी दिएका छन् । सुब्बाकुना प्रहरी पोस्टका इन्चार्ज असई शेरसिंह धामीविरुद्ध कर्तव्य ज्यान मुद्दामा हिराचन्द्रले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका हुन् ।

कालीकोटको तिलागुफा नगरपालिका–३ का २५ वर्षीय हमालको प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै असई धामीविरुद्ध उजुरी परेकाे हाे । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले असई धामीविरुद्ध किटानी जाहेरी परेको पुष्टि गरे ।

शुक्रबार साँझ सामान्य विवादमा प्रहरीको कुटाइ खाएका हमालको शनिबार विहान मृत्यु भएको थियो । हमालको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै आफन्त र स्थानीय वासिन्दाले वीरेन्द्रनगरमा चाक्का जाम गर्दै प्रर्दशन उत्रेका हुन् ।

आइतबार दिउँसो सुर्खेत जिल्ला प्रशासन कार्यालयसँगको चार बुँदे सहमतिपछि मृतकका आफन्तले आन्दोलन स्थगित गरेपछि विरेन्द्रनगर सामान्य बनेकाे छ ।



Author

थप समाचार
x