प्रमुख समाचार

काठमाडौंबाट १ करोड ५० लाखसहित हुन्डी कारोबारी पक्राउ

काठमाडौंबाट-१-करोड-५०-लाख

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:३ बजे

काठमाडाैँ – हुन्डी कारोबारीलाई १ करोड ५० लाख नगदसहित प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले भारत फर्मेन्जगन्ज घर भई काठमाडौंको बाफल बस्ने ३२ वर्षीय अमित अग्रवाललाई उक्त रकमसहित पक्राउ गरेको हो ।

बाफलस्थित कुमारध्वज जोशीको घरमा डेरा गरि बस्ने अग्रवाल अवैध हुण्डी करोबारमा संलग्न भएको सूचनाका आधारमा त्यहाँ पुगेको थियो।

सो क्रममा खानतलासी गर्दा अग्रवालको साथबाट १ करोड ५० लाख नगदसहित पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएकाे छ ।



Author

थप समाचार
x