प्रमुख समाचार

ललितपुरमा निस्सासिएर एकै परिवारका ५ जना मृत फेला, एक घाइते [अपडेट]

ललितपुरमा-एकै-परिवारका-४

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:४ बजे

काठमाडौं– ललितपुरमा एकै परिवारका पाँच जना मृत अवस्थामा फेला परेका छन् । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा एकै परिवारका चार जना मृत भेटिएका हुन्।

गाउँपालिका–४ नल्लुमा रहेकाे एक घरमा मृत भेटिएको हो । प्रहरीकाअनुसार एक घाइते छन् ।

प्रहरीले उनीहरूको निसास्सिएर मृत्यु भएको अनुमान गरेको छ। प्रहरीकाअनुसार मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा स्याङताङ, नाति ९ वर्षीय आशिष स्याङताङ र ५ वर्षीया नातिनी आशमा स्याङताङ र दुई दिनको एक नवजात शिशुको मृत्यु भएको हो ।

२२ वर्षीय सुभाष स्याङताङ घाइते छन् । उपचारका लागि उनलाई अस्पताल लगिएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । ‘घरमा आगो बालेको देखिन्छ, ढोका थुनेर सबै जना सुतेको देखिन्छ,’ एसएसपी पोखरेलले इकागजसँग भने, ‘बाहिरबाट हावा पास हुने ठाउँ छैन, निस्सासिएको अनुमान गर्न सकिन्छ ।’ उनले अक्सिजनको पास हुने अवस्था नदेखिएको बताए ।

घरकी बुहारी सुत्केरी थिइन् । सोही कारण आगो सेक्नका लागि बालेको अनुमान गरिएको छ । भित्र आगो बलेको, धुवाँका कारण निस्सासिएको र बाहरिबाट अक्सिजन पास नभएकाले घटना हुन पुगेको अनुमान गरिएको पोखरेलले बताए । घटनाबारे अनुसन्धान हुँदै गरेको प्रहरीले जनाएको छ।



Author

थप समाचार
x