सरकारले जारी गरेको आप्रवासी कार्यविधिमा के छ ?
फाइल तस्बिर
काठमाडौँ- सरकारले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित गर्ने उद्देश्यसहित ‘आप्रवासी स्रोत केन्द्र’ कार्यविधि कार्यान्वयन गर्न स्थानीय तहलाई पठाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी कार्यविधिअनुसार नेपाली आप्रवासी कामदार तथा उनीहरूका परिवारलाई सूचना, परामर्श र अन्य आवश्यक सेवा प्रदान गर्न स्रोत केन्द्र सञ्चालनमा ल्याएको हो ।
आप्रवासीको परिभाषाभित्र ‘वैदेशिक रोजगारीका लागि विदेश जाने प्रक्रियामा रहेका, श्रम स्वीकृति लिई विदेशमा काम गरिरहेका र विदेशमा काम गरी स्वदेश फर्किएका नेपाली’लाई पारिएको छ ।
कार्यविधि अनुसार, आप्रवासी कामदारका सीप, अनुभव तथा पुँजीलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने कार्यमा समन्वय तथा सहजीकरण गर्ने, वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सामाजिक तथा आर्थिक पुनःएकीकरण कार्यका लागि समन्वय, सहकार्य र सहजीकरण गर्ने लगायतका उद्देश्य छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया