शिक्षक सेवा आयोगले लाइसेन्सका लागि वस्तुगत प्रश्न मात्र सोध्ने
फाइल तस्बिर
काठमाडौँ- शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्रको परीक्षामा वस्तुगत प्रश्न मात्र सोध्ने भएको छ । यो पाठयक्रम चैत २ गतेदेखि लागू हुने आयोगले जनाएको छ ।
परीक्षाका लागि समय १ घण्टा हुनेछ । प्रथम तहको वस्तुगत प्रश्नहरू ४० प्रतिशत,द्धितिय तहका ३० प्रतिशत र तृतीय तहका लागि ३० प्रतिशत हुनेछ । परीक्षार्थीहरूले बहुवैकल्पिक प्रश्नको सही उत्तर दिएमा उत्तर बापत दुई अंक प्राप्त गर्नेछन् ।
आयोगले जारी गरेको सूचनामा पाठ्यक्रममा परेका ऐन, नियम, कानुन, नीति तथा कार्यक्रमहरू परीक्षाको मितिभन्दा तीन महिना अगाडि संशोधन भएको उल्लेख गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया