भोलिका दिनमा काठमाडौँ अस्तव्यस्त नभई ध्वस्त हुन्छ : मेयर शाक्य
काठमाडौँ- भोलिका लागि सम्झेर काम नगर्दा काठमाडौँ अस्तव्यस्त नभई ध्वस्त हुने काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले वैकल्पिक व्यवस्था तयार नगरी काम गरेमा काठमाडाैँमा झन् अव्यवस्थित हुने बताए ।
उनकाअनुसार सम्पदा निर्माणमा १ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । प्राचीन स्मारक संरक्षण ऐन २०१३ को कानूनी व्यवस्था बमोजिम यहाँको कला संस्कृतिलाई संरक्षण गरिएको उनले बताए । सम्पदा निर्माण तथा संरक्षणका लागि हरेक वर्ष बजेट वृद्धि गरिएको उनले सुनाए ।
महानगरभित्रको काष्ठमाण्डप, कमलपोखरी, दरबार स्कुल, विभिन्न वडामा रहेका ऐतिहासिक बाहाः बही, मठ मन्दिर, चैत्य, विहार, गुठीघर द्यःछे जस्ता सय भन्दा बढी सम्पदाहरूको पुनर्निर्माण गरिसकेको शाक्यले जानकारी दिए । 'एक सय ५० बढी सम्पदाहरूको पुननिर्माण गरिसकेको छौ,' उनले भने ।
केही विषयमा उपमेयर हरिप्रभा खड्कीले विवाद ल्याउन खोजेपनि आफूले नगरसभा र कार्यपालिकाको निर्णयभन्दा बाहिर गएर कुनै काम नगरेको उनको भनाइ छ।
रानीपोखरी वर्षमा एक दिन हैन, सधैं खुला हुनुपर्छ भन्ने आफ्नो योजना अनुसार काम गर्न खोजेको समेत उनले बताए । कफि सप र शौचालय भने आफूले मन्दिर भित्र नभई शान्तिबाटिकामा बनाउन चाहेको र अहिले बनिरहेको पनि उनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया