लोकसंस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन सक्दैन– संस्कृतिविद् जाेशी
काठमाडौं–संस्कृतिविद् सत्यमोहन जोशीले लोकसंस्कृतिलाई हेला गरेर राष्ट्र समावेशी हुन नसक्ने बताएका छन्।
शुक्रवार ललितपुरमा आयोजित आफ्नो जिवनीमा आधारित पुस्तक ‘सत्यमोहन’को लोकार्पण समारोहमा बोल्दै संस्कृतिविद् जोशीले लोक संस्कृतिले नै विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिहरुबीचमा एकता ल्याउने बताएका हुन्।
उनले लोक संस्कृतिलाई हेला गरेर राज्य समावेशी बन्न नसक्ने बताए । लोक संस्कृतिले सबैलाई आफु नेपाली भएको भावना जागृत गराउने पनि उनले उल्लेख गरे । ‘नेपालमा जाति, जनजातिहरुको, बिभिन्न धर्म, संस्कृतिहरुको समावेशीकरण गरेर एउटा राष्ट्रियकरण गरेर जब नेपाल बन्छ, त्यो बेला राष्ट्रिय एकता भानुभक्तको रामायणले जसरी एकता ल्यायो, भाषिक एकता ल्यायो त्यस्तै लोक संस्कृतिले पनि एकता ल्याउँछ ।’ उनले भने ।
पत्रकार गिरीश गिरीले लेखेको जोशीको जिवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ को शुक्रवार एक कार्यक्रमका बिच ललितपुरमा लोकार्पण गरेको हो । सो पुस्तक बुकहिल प्रकाशनले प्रकाशित गरेको हो ।
पुस्तकका लेखक गिरीश गिरीले संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रका लागि गर्नुभएको योगदान व्यापक रहेको र त्यसलाई पछिल्लो पुस्तासम्म पु¥याउने उद्देश्यसहित पुस्तक लेखिएको बताए । जोशीलाई काठमाडौं भित्रका कला, संस्कृतिसँग मात्रै जोडेर साँघुरो रुपमा बुझ्नु नहुने भन्दै उनले जोशीले सिंगो राष्ट्रको कला, संस्कृतिको विकासका लागि योगदान दिनुभएको उल्लेख गरे।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया