‘युरेनियम’ किनबेच प्रकरणमा समातिएका कांग्रेस नेतासहित ८ जना छुटे
काठमाडौं - ‘युरेनियम’ किनबेच प्रकरणमा समातिएका नेपाली कांग्रेसका नेता नवराज महतसहित ८ जना छुटेका छन् । उनीहरुसँग बरामद भएको धातु 'युरेनियम' नभएको पुष्टि भएपछि हाजिरी जमानीमा छुटेका हुन् । कांग्रेस नेतासहित आठै जनालाई हाजिरी जमानीमा छाडिएको महानगरीय प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए ।
प्रहरीको विशेष ब्यूरो र काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको संयुक्त अपरेशनमा उनीसहित भूपेन्द्र खड्का, रामकृष्ण लामिछाने, नारायण यादव, सुरेन्द्र चौधरी, राजु ठाकुरलगायत पक्राउ परेका थिए । बरामद वस्तु युरेनियम भएको पुष्टि नभएपछि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले फाइल फिर्ता गरेका थियाे ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार धातुको पहिलो नमूना परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) पठाउँदा नतिजा नेगेटिभ आएको थियो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले गत वर्ष फागुन अन्तिम साता साढे २ किलो ८०० ग्राम युरेनियम बरामद गरेको थियो । उनीहरु फागुनमा बौद्धस्थित होटल हायातबाट पक्राउ परेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया