समाज

मूल्य वृद्धिविरुद्ध आयल निगम घेराउ

इकागज |
चैत ६, २०७८ आइतबार १४:५५ बजे

काठमाडौं– पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध बिद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् ।

आइतबार विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग राख्दै निगममा घेराउ गरेका हुन । 


उनीहरुले मूल्य वृद्धि खारेज गर, बढ्दो महङ्गी नियन्त्रण गर लगाएका नारा लगाएका छन् । त्यस्तै उनीहरुले पेट्रोलियम पदार्थ घटाएर बिद्युतीय सामाग्रीको प्रयोगमा प्रोत्साहन गर्नुपर्ने जनाएका छन् । 

पछिल्लो पटक वृद्धि भएको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १५५ र डिजेल तथा मट्टिटेल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ । निगमले भने वृद्धि गर्दा पनि घाटा नै रहेको बताउदै आएको छ ।
 


Author

थप समाचार
x