समाज

प्रदेश प्रहरीले लेटाङ घटना छानबिन गर्न समिति बनायो

इकागज |
चैत ९, २०७८ बुधबार १७:४५ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रदेश १ नम्बर प्रहरीले मोरङको लेटाङमा भएको घटना छानबिन गर्न समिति बनाएको छ । बुधबार १ नम्बर प्रदेश प्रहरी कार्यालयले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

गत आइतबार लेटाङ नगरपालिकामा–१ स्थित शिक्षा माविमा भएको झडपमा महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । स्थानीय शिक्षकले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा विवाद सुरु भएको थियो ।


प्रदेश प्रहरी कार्यालयका अनुसार समितिले आजबाट काम सुरु गर्ने छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनकुमार राईले छानबिन प्रतिवेदन बुझाउन समय नतोकिएको जानकारी दिए ।

'टोलीले घटनास्थलमा पुगेर कसरी र कहाँ कमजोर भएको थियो त्यस विषयमा जानकारी लिनेछ,' राईले भने,' लेटाङको अवस्था सामान्य तर्फ उन्मुख भइसकेको छ ।'


Author

थप समाचार
x