समाज

सेनाले माग्यो पाइलट उपसेनानीसहित १९४ कर्मचारी

इकागज |
चैत १४, २०७८ सोमबार ८:२६ बजे

काठमाडौँ- नेपाली सेनाले लोकसेवा आयोगको सहमतिमा ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सेनाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा १९४ कर्मचारी माग गरेको हो ।

सेनाले लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ । त्यस्तै, प्राड उपसेनानी र पाइलट उपसेनानी चार-चार जना  माग गरिएको छ ।


पुरुषका हकमा १८ वर्ष पूरा भई २९ वर्ष ननाघेका र महिलाको हकमा ३० वर्ष ननाघेका उम्मेदवारले १३ वैशाखसम्म दरखास्त दिन सक्नेछन् । विज्ञापनको पूर्ण विवरण आजको गाेरखापत्रमा प्रकाशित छ ।


Author

थप समाचार
x