ग्यास विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु
![](https://ekagajcdn.prixacdn.net/media/albums/cylinder_35Ogg2sfFg.jpg)
सिन्धुपाल्चाेक - खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो ।
नीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आज साँझ ७ बजे ग्यास विस्फोट भएको हो ।
घरमा आगलागी हुँदा उहाँका छोरा १० वर्षका इशाक, कुमार तामाङका छ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ । मीनबहादुर पनि घाइते भएको र उनको उपचारको लागि अस्पताल लगिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया