समाज

क्यान्सरका कारण काठमाडौँ महानगर वडा सदस्य सत्यालको निधन

इकागज |
बैशाख ५, २०७९ सोमबार १४:२२ बजे

काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा ३० का सदस्य निरजराज सत्यालको आइतबार निधन भएको छ । २०३३ साल असार ०८ गते काठमाडौँमा जन्मिएका सत्यालको आइतबार राती करिव १० बजे निधन भएको हो । 

मैतीदेवी सिद्धि मार्गमा बसोबास गर्दै आएका सत्याल गएको २ बर्षदेखि क्यान्सरको उपचार गराइरहेका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गरेर उनी वडा सदस्य पदमा निर्वाचित भएका थिए ।


वडा ३० का सदस्य मनोजकुमार डंगोलका अनुसार आज विहान ८ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार सम्पन्न गरिएको छ । 
भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका सत्याल बैशाख २ गते नियमित जाँचका लागि अस्पताल गएका थिए । त्यसअघि चैत २२ गते आकस्मिक कक्षमा भर्ना

भएर उपचार भएका थिए । उनले उपचारका विषयमा सामाजिक सञ्जालमा लेख्ने समेत गरेका थिए । उनको खुट्टामा ट्युमर देखिएपछि उपचार सुरु गरिएको थियो । 

 


Author

थप समाचार
x