कस्तो छ २०७९ सालमा तपाईंको भाग्य ?
यस वर्ष बिक्रम संवत् २०७९ सालको संवत्को नाम नलनाम संवत् हो । यो ६० वटा संवत्हरूमध्ये ५० औँ संवत् हो । ६० संवत्हरूमध्ये अन्तिम २० वटा संवत्हरू भगवान् भोलेनाथका संवत् हुन् । भोलेनाथ संहारका देवता हुन् । अर्थात बिकार हटाएर शुद्धीकरण गर्ने देवता हुन् । नलनामको संवत्मा पनि खराब सोचहरू परास्त हुँदै नवीनतम् विचारहरूको उदय हुनेछ । यस नलनाम संवत्मा राजा शनि र मन्त्री देवगुरु बृहस्पति हुन् । न्यायका देवता राजा भएको यस वर्षमा सत्यको विजय र असत्यको हार हुनेछ । गुरु बृहस्पतिका कारणले सकारात्मक सोच भएका मानिसहरूको शासन प्रशासनमा बोलबाला हुनेछ ।
यस संवत्मा राम्रो वर्षाको योग छ । विभिन्न धन, सम्पत्तिमा वृद्धि हुने छ । सरकारले जनताको इच्छा, आकाङ्क्षामा बढी तत्परता देखाउने छ । मन्त्री परिषद्मा राजाको साथसाथै सशेष विभाग शनिको हातमा भएकाले जनतामा दुःख हुने छ । शीतलहर, कुहिरोको कारण अन्न उत्पादनमा ह्रास आउने छ । मानिसहरूबीच अनावश्यक वादविवाद हुने छ । यसका साथै निरशेष विभाग शनिको हातमा हुनाले धातुको मूल्यमा वृद्धि हुने छ । र फलाम लगायतका धातुहरू महङ्गो भई निर्माण क्षेत्रमा प्रभाव पार्ने छ । साथै धनेशो विभाग पनि शनिको हातमा भएकाले धनी वर्ग झन्झन् धनी हुने र गरिब वर्ग झन् गरिब हुने योग छ । र बौद्धिक जगत्मा तनावको स्थिति पैदा हुने छ ।
शुक्र ग्रहको हातमा धान्येश विभाग परेकाले अन्न उत्पादनमा कमी, पशुपालनमा ह्रास र दुधको कमी हुने छ । बुध ग्रहको हातमा मेघेष, फलेश, दुर्गेश विभाग परेकोले राम्रो वर्षा हुने छ । ब्राह्मणहरू यज्ञ यज्ञाधिमा व्यस्त रहने छन् । सम्पूर्ण पृथ्वीभरि खुसीयाली हुने छ । बुध ग्रहको कारण फलफूल उत्पादनमा वृद्धि हुने छ । जताततै हरियाली रहने छ । दुर्गेश विभाग पनि बुधको हातमा रहेकाले शान्ति व्यवस्था सुदृढ हुने छ । धन सम्पत्तिको सुरक्षा, पर्यटकहरूको सुरक्षामा बढी जोड दिइने छ ।
रसेश विभाग चन्द्रमाको हातमा भएको हुनाले मानिसहरू भोगविलासी हुने छन् । प्रेम प्रसङ्गहरू बढ्ने छन् । पृथ्वीमा रस पदार्थको प्रचुरता बढेर मानिसहरू हृष्टपुष्ट हुने छन् । यस नलनामको संवत्मा शुभ ग्रहहरूको मन्त्री परिषद्मा वाहुल्यता भएको हुनाले जताततै सुख, समृद्धि, शान्ति र उन्नतिका बाटाहरू खुल्दै जाने छन् । धार्मिक भावनाको विकास हुने छ । रोगव्याधिहरू घट्दै जाने छन् । प्राकृतिक प्रकोपमा कमी हुने छ ।
वि.सं. २०७९ सालको वार्षिक राशिफल
मेष राशि
यस वर्ष मेष राशि हुनेहरूलाई अनेकौ समस्याहरू आउने छन् । घर परिवार इष्टमित्र र छिमेकमा मिलेर बस्नु उपयुक्त हुने छ । चलअचल सम्पत्तिमा वृद्धि हुने योग छ । आय उपार्जनका नयाँ क्षेत्रहरू हात लाग्ने छन् । सामाजिक मानसम्मान, प्रतिष्ठा पनि बढ्ने छ । मानसिक र शारीरिक कष्ट हुने सम्भावना छ । तेस्रो, छैटाँै र एघारौँ महिनामा कार्य सफलता मिल्ने छ । विद्यार्थीहरूका लागि सफलताको योग छ । राहुको प्रभावबाट बच्न दुर्गा माताको उपासना एवम् अष्टमी व्रत लिनु उपयुक्त हुने छ ।
वृष राशि
यस वर्ष वृष राशि हुनेका लागि मिश्रित फल दिने खालको छ । घरमा शुभ कार्यहरू हुने छन् । जसका कारण उत्साह बढ्ने छ । विवादित विषय झन् बाझिलो बन्ने छ । विद्या आर्जनको क्षेत्रमा राम्रो योग छ । सन्तानको पक्षबाट राम्रो खबर आउने छ । आर्थिक उन्नति तीव्र गतिले बढ्ने छ । चौथो, सातौँ र बाह्राँै महिनामा कार्य सिद्धिको योग छ । नोकरी गर्नेहरूका लागि पदोन्नतिको योग छ ।
मिथुन राशि
यस वर्ष मिथुन राशी हुनेहरूलाई शुरुमा केही अप्ठ्यारो भए पनि उत्तरार्धमा राम्रो फल मिल्ने छ । जग्गा जमिन जोडिने योग छ । बसाइँसराइबाट बढी लाभ हुने देखिन्छ । रोकिएको धन प्राप्त हुने र आर्थिक स्थिति मजबुत हुने देखिन्छ । सन्तानको तर्फबाट निराशाको स्थिति बेर्होनु पर्ने छ । विद्यार्थी वर्गले कडा परिश्रम गर्नु पर्ने छ । पहिलो, पाँचाँै र आठौँ महिना शुभ कार्यमा बित्ने छन् । हनुमानजीको उपासना गर्नाले राम्रो फल मिल्ने छ ।
कर्कट राशि
यस वर्ष कर्कट राशि हुनेहरूलाई धन कमाउन बढी परिश्रम गर्नुपर्ने छ । अचल सम्पत्ति खरिद गरेमा धेरै फाइदा हुने छ । शारीरिक र मानसिक चिन्ताको बाबजुद घरमा शुभ कार्यहरू हुनेछन् । आमा ब्ुबासँग मनमुटाव हुनसक्छ । विद्यार्थी वर्गका लागि शुभ अवसरहरू छन् । व्यापारी वर्गले होसियारीपूर्वक काम गर्नुपर्छ । दोस्रो, छैठौँ र नवौँ महिना शुभ महिना हुन् । हनुमानजीको आराधना गर्नाले राम्रो फल दिने छ ।
सिंह राशि
यस वर्ष सिंह राशि हुनेहरूका लागि धेरै राम्रो रहेको छ । आकस्मिक धन लाभ हुने छ । सुखका साधनहरूमा वृद्धि हुने छ । शत्रु पक्षबाट मानहानीको सम्भावना पनि छ । त्यसकारण सर्तक भएर कार्य गर्नु उचित हुने छ । साथीभाइ, इष्टमित्रहरूबाट सहयोग मिल्ने छ । पतिपत्नीबीच राम्रो सम्बन्ध हुने छ । छोराछोरीले राम्रो काम गर्नेछन् । तेस्रो, सातौँ र दशौँ महिना श्रेष्ठ महिना हुने छन् । विद्यार्थी वर्गका लागि पनि राम्रो योग छ । हनुमानजी अथवा कुल देवताको आराधना गर्नाले राम्रो फल मिल्ने छ ।
कन्या राशि
यस वर्ष कन्या राशि हुनेलाई मिश्रित फल मिल्ने छ । भौतिक सम्पत्तिमा वृद्धि, राजनीतिमा सफलता र आर्थिक उन्नतिमा वृद्धि हुने छ । तर आफन्तहरूसँग मतभेद हुने छ । रोग र दुर्घटनाबाट सचेत रहनु उचित हुने छ । विद्यार्थीहरूका लागि राम्रो छ । चौथौ, आठौँ र एघारौँ महिनामा राम्रो फल दिने समय छ । इष्टकुल देवता र हनुमानजीको आराधना गर्नाले मनको इच्छा पूरा हुने छ ।
तुला राशि
यस वर्ष तुला राशि हुनेहरूका लागि भ्रमणको योग छ । आफन्तहरूबाट धोका हुनसक्छ । अनावश्यक वादविवाद हुने सम्भावना छ । कडा परिश्रम गरेमा व्यवसायबाट फाइदा हुने छ । परीक्षा लगायत प्रतियोगिताहरूमा सफलताको योग छ । पाचाँै, नवौँ र बाह्रौँ महिनामा शुभ फलहरू मिल्ने छन् । शिवजीको आराधना गर्नाले राम्रो फल मिल्ने योग छ ।
वृश्चिक राशि
यस वर्ष वृश्चिक राशि हुनेहरूलाई शनिको प्रभाव रहने छ । आमा बुबाबाट टाढा रहनुपर्ला । वादविवाद भएर न्यायको खोजीमा जानुपर्ला । त्यसकारण सचेत भएर काम गर्नु उचित हुने छ । व्यापारीहरूका लागि यो वर्ष राम्रो छ । तर शत्रुहरूको सङ्ख्यामा वृद्धि हुनसक्छ । सन्तान पक्षबाट राम्रो समाचार सुन्न पाइने छ । परीक्षा प्रतियोगिताहरू सफल होलान् । पहिलो, छैठाँै र दशौँ महिना शुभ फल दिने खालका छन् । शनि, केतु र शिवको पूजापाठ गर्नाले राम्रो फल मिल्ने छ ।
धन राशि
यस वर्ष धन राशिका लागि शनि देवले आफ्नो दृष्टि छोड्ने भएको हुनाले नयाँ ऊर्जाको विकास हुने छ । रोकिएका कामहरू पूरा हुने छन् । व्यापार व्यवसाय फस्टाउने छ । सन्तान पक्षबाट सुख मिल्ने छ । स्वास्थ्यका लागि सचेत रहनु पर्नेछ । विद्यार्थीका लागि पनि यो वर्ष राम्रो फल दिने खालको छ । दोस्रो, सातौँ र एघारौँ महिना शुभ फलदायक छन् । हनुमानजीको आराधना गर्नाले अशुभ फलमा न्यूनता आउने छ ।
मकर राशि
यस वर्ष मकर राशि हुनेहरूलाई शनिको साढेसातीको प्रभाव पर्ने छ । पापीय मनोवृत्तिको विकास हुने छ । व्यापार व्यवसायमा रोकावट हुने छ । पशुपालनबाट घाटा हुने छ । परीक्षाहरू सामान्य रूपमा सफल हुने छन् । वादविवादमा तीब्रता हुने छ । जग्गा जमिनमा लगानी गर्नाले फाइदा हुने छ । तेस्रो, आठौँ र बाह्राँै महिनामा शुभ कार्यहरू गर्नाले राम्रो फल मिल्ने छ । हनुमानजीको ध्यान गर्नाले सकारात्मक ऊर्जाको विकास हुने छ ।
कुम्भ राशि
यस वर्ष कुम्भ राशि हुनेहरूलाई शनिको साढेसातीको कुप्रभाव पर्ने छ । स्वास्थ्य प्रतिकुल हुने छ । धार्मिक काममा बाधा हुने छ । शत्रुहरूको वृद्धि हुने छ । अनावश्यक खर्चमा धन व्यय हुने छ । परीक्षा प्रतियोगितामा धेरै मेहेनत गर्नुपर्ने छ । तेस्रो, आठाँै र बाह्राँै महिनामा शुभ कार्यहरू हुने छन् । गुरु, शनि तथा राहु केतुको अशुभ फल निराकरणका लागि हनुमान चालिसाको पाठ र कुल देवताको ध्यान गर्नाले अशुभ फलबाट बाच्न सकिन्छ ।
मीन राशि
यस वर्ष मीन राशि हुनेहरूलाई शनिको साधना गर्नुपर्नेछ । स्वास्थ्य राम्रो हुने छ । आफ्नो प्रियजनको सुखबाट टाढा बस्नुपर्ने योग छ । चलअचल सम्पत्तिमा लगानी गर्नु उपयुक्त हुने छ । सन्तान पक्षबाट राम्रो फल मिल्ने छ । परीक्षा प्रतियोगिताहरू सफल हुने छन् । शुभ कार्यमा ध्यान जाने छ । विद्या आर्जनमा सफलता मिल्ने छ । दोस्रो, पाँचौँ र दशौँ महिना शुभ कामका लागि उपयुक्त हुनेछन् । गुरु, शनि, राहु एवम् केतुको अशुभ फलबाट बच्नका लागि हनुमान चालिसाको पाठ गर्न उपयुक्त हुने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया