समाज

पल शाहको दुबै मुद्दा उच्च अदालत पोखराले एकैपटक हेर्ने

इकागज |
बैशाख १५, २०७९ बिहीबार १७:५९ बजे

पोखरा- उच्च अदालत पोखराले पल शाहलाई दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेश गर्न आदेश दिएको छ । बलात्कार आरोप लागेका शाहलाई जिल्ला अदातल तनहुँ र नवलपुरले थुनामा राख्ने आदेश दिएको थियो ।

दुबै अदालतको आदेश विरुद्ध आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए । उच्च अदालतले भने दुबै मुद्दा सँगै राखेर हेर्ने भन्दै एकसाथ पेश गर्न आदेश दिएको अदालतका रजिष्टार श्रीलाल पौडेल जानकारी दिए ।


‘अरु केही भएको छैन दुवै निवेदनसँगै राखेर हेर्ने भन्ने भएको छ,’ उनले भने, ‘अलग अलग पेस भएको थियो । आज एउटा मात्र पेस भएको थियो नवलपुर र तनहुँको सँगै राखेर हेर्ने भएको हो ।’


Author

थप समाचार
x