जगन्नाथ पौडेललाई छल्न खोज्दा भरतपुरबासीको र्याख–र्याख्तीमा परे ऋषि धमला
भरतपुर– पत्रकार ऋषि धमलाको टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहान्छ’ ले हालै भरतपुरका मेयर उम्मेदवारको ककस आयोजना गर्यो । उक्त कार्यक्रममा मेयरका प्रतिस्पर्धी भनेर गठबन्धन दलका तर्फबाट उम्मेदवार बनेकी रेणु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदी लगायत अन्य दल र स्वतन्त्र उम्मेदवार बोलाइएको थियो ।
स्थानीय निर्वाचनको केन्द्रमा अहिले भरतपुर छ । त्यसको कारण हो, गठबन्धनको निर्णयलाई बेवास्ता गर्दै नेपाली कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलको उम्मेदवारी । तर, धमलाले त्यसलाई नजरअन्दाज गर्दै दाहाल र सुवेदीलाई मात्र बोलाएर ककस गरेपछि उनीविरुद्ध भरतपुरबासीले नाराबाजी गरे ।
धमलाले रेणु दाहालको आग्रहमा जगन्नाथ पौडेललाई नबोलाएको भनेर भरतपुरबासीको भीडले धमलालाई र्याख–र्याख्ती पारेका थिए ।
जगन्नाथ सरलाई रेनुको दबाबमा किन बोलाइएन भनेर ख्याप ख्याप पारियो हेर्नुस । pic.twitter.com/WfeaY7dOdL
— 🇳🇵🇳🇵किन्तु-परन्तु 🇳🇵🇳🇵 (@Chitwoney) May 1, 2022
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया