मकवानपुरमा गठबन्धनभित्रका कार्यकर्ता बीच झडप, २ जना घाइते
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा चुनावी माहोलको विषयमा गठबन्धन भित्रै विवाद हुँदा झडप भएको छ । झडपमा परी २ जना घाइते भएका छन् ।
बकैया गाउँपालिका वडा ७ कत्लेखोलामा भएको विवादमा कुटाकुट हुँदा दुईजना घाईते भएका हुन् । कुटपिटबाट नेपाली कांग्रेस निकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरेको बुझिएको प्रहरीले जनाएको छ । राईले माओवादी केन्द्रका कत्लेखोला टोल कमिटि अध्यक्ष विष्णु राई र राप्रपा गाउँ कमिटी उपाध्यक्ष हरि राईलाई निर्घात कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरकी नेतृ तथा स्थानीय निर्वाचनको लागि बकैया वडा नम्बर ७ की चुनावी कमाण्डर लक्ष्मी माझी‘कृपा’ले जानकारी दिईन् ।
घाइते विष्णु र हरिको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको माझीको भनाई छ । घटनाबारे जानकारी दिँदै प्रहरी कार्यालय हात्तिसुडेका सई दमन तामाङले आफूहरुलाई दुवै पक्षको निवेदन आएको र घाईतेको उपचार पश्चात घटनाको विषयमा थप छानविन हुने बताए ।
बकैयामा गाउँपालिकामा स्थानीय तह निर्वाचनको लागि गठबन्धनबीच उम्मेदवारको भागबन्डामा चित्त नबुझेर दलहरूले आ आफूले उम्मेदवारी दर्ता गरेका थिए । पछि सामन्य सहमतिपछि उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई जिताउने अभियानमा दलहरू लागेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया