समाज

म्यादी प्रहरीको शव ल्याउन हेलिकप्टरकाे माग

इकागज |
बैशाख २८, २०७९ बुधबार १५:१ बजे

सुर्खेत – उपल्लो डोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । चुनावको सुरक्षामा खटिएका ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विकको लेक लागेर मृत्यु भएको हो । 

उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा मंगलबार लेक लागेका विकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय डोलपाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले बताए । 


मृत्यु भएका म्यादी प्रहरीको शव जिल्ला सदरमुकाम दुनै ल्याउन हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए । निर्वाचन सेलको बुधबार बसेको बैठकले पोष्टमार्टमका लागि शव बोकेर दुनै ल्याउन सक्ने अवस्था नभएकोले हेलिकप्टर माग गर्ने निर्णय गरेकाे थियाे ।


Author

थप समाचार
x