नेपालको लक्ष्य ‘फाइनल थर्ड’ मा सुधार
काठमाडौँ : दशरथ रंगशालामा ६ वर्षपछि अन्तराष्ट्रिय फुटबलमा फर्कँदा समर्थक माझ उत्साह छायो । तर थ्री-नेसन्स कपमा भाग लिन आएका बंगलादेश र किर्गिस्तान अण्डर-२३ विरुद्ध आयोजक नेपालले गोल गर्न नसकेपछि दर्शक निराश बनेका छन् ।
आफ्नो पहिलो खेलमा किर्गिज यूवा टोलीसँग गोलरहित बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा बंगलादेशको पोष्टमा पनि गोल गर्न चुक्यो । दुवै खेलपछि मुख्य प्रशिक्षक बालगोपाल महर्जनको प्रतिक्रिया थियो, ‘गोल निस्कन सकेन ।’
फुटबलमा खेल जित्न मात्र होइन दर्शकको मन जित्न पनि गोल चाहिन्छ । यो नयाँ कुरा होइन । नेपाल त्यसै पनि धेरै गोल गर्ने टीम होइन । थ्री-नेसन्स कपका दुई खेलसहित पछिल्ला आठ खेलमा नेपाली सिनियर टीमले गोल गर्न सकेको छैन् ।
गोल किन भइरहेको छैन् ? थ्री-नेसन्स कपमा मात्रै केन्द्रित हुने हो भने, उत्तर आउन सक्छ, नेपाली खेलाडी ‘फाइनल थर्ड’ मा चुक्नु । नेपाली मुख्य प्रशिक्षकले पनि पत्रकार सममलेनमा आफ्ना खेलाडी ‘फाइनल थर्ड’ मा कमजोर देखिएको बताइरहेका छन् ।
फुटबल प्रशिक्षकको नजरमा मैदान तीन भागमा विभाजित हुन्छ । पहिलो, ‘डिफेन्सिभ थर्ड’ अथवा आफ्नो रक्षापंक्ति रहने भाग । दोस्रो, ‘मिडफिल्ड थर्ड’ अथवा मिडफिल्डरहरू रहने क्षेत्र । अनि तेस्रो भनेको, ‘फाइनल थर्ड’ । सुरुका दुई क्षेत्रलाई नियन्त्रणमा राख्न सजिलो हुने भए पनि ‘फाइनल थर्ड’ मा बलियो उपस्थिति बनाउन सहज हुँदैन । नेपालले किर्गिस्तान र बंगलादेशसँगका खेलहरूमा ‘डिफेन्सिभ थर्ड’ र ‘मिडफिल्ड थर्ड’लाई नियन्त्रणमा त राख्यो तर ‘फाइनल थर्ड’ अथवा विपक्षीको १८ यार्ड वरिपरि फितलो रह्यो ।
‘फाइनल थर्ड’ मा खेलाडी पुग्ने भनेकै गोल गर्न हो । त्यस क्षेत्रमा छोटा पास खेल्ने, तालमेल मिलाउन प्रयास गर्ने, पेनाल्टी एरियामा मुभमेन्ट बनाउने गरे मात्रै गोलको अवसर सिर्जना हुनसक्छ । नेपाली खेलाडीहरूले यस्तो शैलीमा खेलेर गोलको अवसर सिर्जना गर्न सकेका छैनन् ।
‘फाइनल थर्ड’ मा प्रवेश गर्ने सुनिलको शैली, विशालको बललाई नियन्त्रणमा राख्नसक्ने खुबी र अन्जन विष्टको मुभमेन्टले नेपालको अग्रपंक्तिलाई बलियो बनाउन सक्छ ।
पछिल्ला दुई खेलको विश्लेषण गर्ने हो भने नेपालले विपक्षीको क्षेत्रमा लामो पास खेल्ने र १८ यार्डको दाँया/बायाँ भागबाट आक्रमण बुन्ने प्रयास गरेको देखिन्छ । त्यसरी खेल्दा नगण्य आक्रमण भएका छन् । तर ती मौकालाई पनि सदुपयोग गर्न सकिएको देखिएन । बालगोपालले युवा विङ्गर तथा मिडफिल्डरको प्रयोग गरेका छन् । तर तीनले विपक्षी १८ यार्डमा खासै गतिला पास मिलाउन सकेका छैनन् । न त उनीहरूसँग तालमेल मिलाउन नै मिडफिल्डरहरू त्यहाँ पुग्ने गरेका छन् ।
सोमबार हुने फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बालगोपालले बंगलादेशविरुद्धको दोस्रो खेलमा पहिलो एघारमा परिवर्तन गर्ने संकेत गरे । उनले विशाल राइ र सुनिल बललाई दक्षिण एसियाली प्रतिद्वन्द्वीसँगको खेलमा सुरुवातबाटै मौका दिन सक्नेछन् । बंगलादेशसँगको पहिलो खेलको दोस्रो हाफमा सुनिल दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । प्लेमेकर विशाल राईसँगै मैदान प्रवेश गरेका सुनिलले केही राम्रा पास सप्लाई गरेका थिए । उनी मैदान छिरेपछि नेपालले ‘फाइनल थर्ड’ मा नियन्त्रण जमाउने प्रयास पनि गरेको हो ।
त्यसकारण फाइनलमा सुनिलको उपस्थिति नेपालका लागि महत्वपूर्ण सावित हुनसक्छ । ‘फाइनल थर्ड’ मा प्रवेश गर्ने सुनिलको शैली, विशालको बललाई नियन्त्रणमा राख्नसक्ने खुबी र अन्जन विष्टको मुभमेन्टले नेपालको अग्रपंक्तिलाई बलियो बनाउन सक्छ । तर बालगोपालले कसलाई स्ट्राइकर बनाउँछन् भन्ने विषयले फेरि पनि गोलको सम्भावना बढाउन वा घटाउन सक्छ । अभिषेक रिजाल र दर्शन गुरुङ जस्ता युवा स्ट्राइकर १२ यार्डमा खासै प्रभावकारी देखिन नसकिरहेको बेला बालगोपालका लागि अनुभवी भरत खवास भरपर्दा विकल्प हुनसक्छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया