सन्जोग राईको गोलसँगै बंगलादेशमाथि नेपालको अग्रता
काठमाडौं :
सन्जोग राईले खेलको १८ औं मिनेटमा नेपाललाई अग्रता दिलाएका छन् । कर्नरकिकमा डिफलेक्ट भएको गोललाई पोस्टको दिशा देखाउँदै सन्जोले सात खेल लामो गोलको खडेरीलाई अन्त्य गरेका छन् ।
नेपालले गोलअघि ब्याक टु ब्याक कर्नर प्रहार गरेको थियो । गोल हुनुअघिको कर्नरलाई पनि बंगलादेशी गोलकिपरले मुस्किलले बचाएका थिए । अनन्त तामाङको हेडर मुस्किलले किपरले बचाएका थिए । यही कर्नरमा डिफलेक्ट भएको बललाई सन्जोगले गोलमा परिणत गरेका थिए ।
सन्जोगले मिडफिल्डको पोजिसनबाट खेलिरहेका छन् । सन्जोगको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । सन्जोगले गत शनिबार भएको बंगलादेशसँगको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए ।
नेपालले आज जम्मा एक स्ट्राइकर लिएर खेलिरहेको छ । तर, खेलको सुरुवाती २० मिनेटमा नेपालले बंगलादेशमाथि निरन्तर दबाब बनाइरहेको छ ।
थ्रीनेशन्स कप अन्तर्गत पहिला भएका दुवै खेलमा नेपालले किर्गिस्तान र बंगलादेशसँग गोलविहिन बराबरी खेलेको थियो ।
तर, किर्गिस्तानले आत्मघाती गोल गरेर बंगलादेशसँग अंक गुमाएपछि किर्गिस्तान खेलबाट आउट भएको थियो । दुवै टिमसँग बराबरी गरेको नेपालले यही सुविधाका आधारमा फाइनलमा ठाउँ बनाएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया