खेलकुद

नेपालमा ३० बढी देशको सहभागितामा क्रसकन्ट्री एथलेटिक्स हुने

इकागज |
जेठ १३, २०७९ शुक्रबार १७:११ बजे

काठमाडौँ - नेपाल एथलेटिक्स संघ नेपालमा आगामी डिसेम्बर दोस्रो साता एसियन क्रसकन्ट्री एथलेटिक्स आयोजना गर्ने भएको छ । एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहले दुई दिने क्रसकन्ट्री आयोजना गर्न लागिएको तथा प्रतियोगितामा करिब ३५ देशको खेलाडीहरुको सहभागिता रहने बताए ।

क्रसकन्ट्रीमा सिनियर र जुनियर गरी दुई समूहमा प्रतिस्पर्धा हुने एथलेटिक्स संघका सचिव राधा कृष्ण विष्टले इकागज जानकारी गराए । विष्टका अनुसार सिनियर (महिला र पुरुष) तर्फ १० किलोमिटर दूरीको दौड हुने र यसमा समूह तथा व्यतिगत विधातर्फ प्रतिस्पर्धा हुने छ ।


त्यसैगरी, जुनियरतर्फ यू-१८ समूहमा प्रतिस्पर्धा हुनेछ जसमा पुरुषको ८ किलोमिटर र महिलाको ६ किलोमिटरको दौड हुनेछ । विष्टले प्रतियोगिताको मिति चाँडै टुंगो लाग्ने बताए ।


Author

थप समाचार
x