खेलकुद

'कान्तिपुर हाफ म्याराथन' संघको आधिकारिक प्रतिस्पर्धा

इकागज |
जेठ १३, २०७९ शुक्रबार १७:४६ बजे

काठमाडौँ – नेपाल एथलेटिक्स संघले 'कान्तिपुर हाफ म्याराथन' संघको आधिकारिक प्रतिस्पर्धा भएको जनाएको छ । म्याराथनको जानकारी दिने उदेश्यले काठमाडौँमा शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहले कान्तिपुर हाफ म्याराथन आधिकारिक प्रतियोगिता भएको बताएका हुन् ।

शाहले यस कान्तिपुर हाफ म्याराथन नै नेपालले अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउने हाफ म्याराथनको छनोट प्रतियोगिता भएको जनाए । उनले म्याराथनतर्फ त्रिभुवन आर्मीले आयोजना गर्ने म्याराथन, पोखरा म्याराथन तथा नेपालगंज म्याराथन आधिकारिक संघको आधिकारिक प्रतिस्पर्धा भएको समेत जनाए ।


यसैबीच, कान्तिपुर पब्लिकेशन्सले जेठ २१ गते हाफ म्याराथन, ५ किलोमिटर दूरीको कर्पोरेट तथा ३ किलोमिटरको ह्विलचियर दौड हुने जानकारी गराएको छ ।

हाफ म्याराथनको महिला र पुरुषतर्फ शीर्ष ५ स्थान प्राप्त गर्ने धावकले पुरस्कार प्राप्त गर्नेछन् । पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार, तेस्रोले ३० हजार, चौंथोले २० हजार र पाँचौ हुनेले १० हजार प्राप्त गर्नेछन् ।

कर्पोरेटतर्फको विजेता, उपविजेता तथा तेस्रो हुनेले क्रमशः नगरकोटको यात्रा, पोखराको यात्रा र माउन्टेन फ्लाइट टिकट प्राप्त गर्नेछन् । ह्विलचियरतर्फका शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार पाउनेछन् ।


Author

थप समाचार
x