महिनावारीका कारण टुंगियो झेङको फ्रेन्च ओपन यात्रा
काठमाडौँ – विश्व नम्बर एक खेलाडीविरुद्ध पहिलो सेट जिते पनि महिनावारीका कारण चिनियाँ किशोरी झेङ किन्वेनले फ्रेन्च ओपन टेनिसमा पराजय भोगेकी छन् ।
चौंथो चरणअन्तर्गत १९ वर्षीया झेङले पोल्यान्डकी इगा स्विटेकलाई पहिलो सेटमा पराजित गरेकी थिइन् । तर त्यसपछि महिनावारीले सताएपछि उनले खेल हार्न पुगिन् । इगाले खेल ६-७(५), ६-० र ६-२ ले जितिन् ।
सीएनएनका अनुसार झेङलाई पहिलो सेटमा कुनै समस्या भएको थिएन तर दोस्रो सेटमा ३-० ले पछि परेपछि उनले मेडिकल टाइम आउट लिएकी थिइन् । कोर्टमा ढाडमा मालिस गराएपछि उनी लकर रुममा गइन् र दाहिने तिघ्रामा पट्टी लगाएर फर्किइन् ।
७४ औँ वरीयताकी झेङले खुट्टा कडा भएको तथा पेट धेरै दुखेको प्रतिक्रिया दिइन् ।
‘तपाईंलाई थाहै छ, यो केवल केटीहरूको कुरा हो । पहिलो दिन सधैं कठिन हुन्छ र त्यसपछि मैले खेल्नुपर्छ र मलाई सधैं पहिलो दिनमा धेरै पीडा हुन्छ । र, म मेरो स्वभाव विरुद्ध जान सक्दिनँ,’ उनले थपिन् ।
‘म चाहन्छु कोर्टमा पुरुष बन्न सकुँ, तर म त्यो सक्दिनँ । म साँच्चै चाहन्छु कि म पुरुष बन्न सकुँ ताकी मैले यो कष्ट भोग्नु नपरोस्,’ झेङले भनिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया