खेलकुद

चार घण्टा चलेको खेलमा नाडालद्वारा जोकोभिच पराजित

इकागज |
जेठ १८, २०७९ बुधबार ११:१० बजे

काठमाडौँ- राफायल नाडालले फ्रेन्च ओपन टेनिसअन्तर्गत डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचलाई पराजित गरेका छन् । मंगलबार राति भएको क्वार्टरफाइनल खेलमा नाडालले लामो समयका प्रतिद्वन्द्वीविरुद्ध जित हात पार्दै सेमिफाइनल प्रवेश गरेका हुन् । 

रोलान्ड गारोसमा चार घण्टाभन्दा लामो समय चलेको खेलमा नाडालले जोकोभिचलाई ६-२, ४-६, ६-२ र ७-६(७-४) को सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरे । २१ पटकका ग्राण्डस्लाम विजेता नाडालले अब तेस्रो वरियताका एलेक्जेन्डर जभेरेभविरुद्ध खेल्नेछन् । 


खेलपछि प्रतिक्रिया दिँदै सर्वियन टेनिस स्टार जोकाभिचले नाडाललाई पराजित गर्न सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गर्न सक्नुपर्ने बताए । 

यता स्पेनिस टेनिस खेलाडी नाडालले गत सिजनमा सेमिफाइनलमा भोगेको पराजयको बदलासमेत लिन सफल भएका छन् । यसका साथै उनले रोलान्ड गारोसमा खेलेका १ सय १३ मध्ये १ सय १० खेलमा पराजय भोगेका छन् ।

पुरुष टेनिसमा यी दुई चिर-परिचित प्रतिद्वन्द्वीको रुपमा चिनिन्छन् । उनीहरुबीच ५९ पटक भिडन्त हुँदा नाडाल ३०-२९ ले पछि छन् ।


Author

थप समाचार
x