खेलकुद

मकवानपुर गोल्डकप: चर्च ब्वाइज क्वाटरफाइनलमा

इकागज |
जेठ २०, २०७९ शुक्रबार २१:१२ बजे

मकवानपुर - मकवानपुरको हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप २०७९ अन्तर्गत आज भएको खेलमा बिएफसी क्लब चितवनलाई पराजित गर्दै चर्च ब्वाइज क्लब काठमाडौ क्वाटरफाइनल प्रवेश गरेको छ । 

हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा जारी प्रतियोगितामा एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज विजयी भएको हो । चर्च ब्वाइजका लागि आशिष चौधरीले २ र हेमन्त थापा मगरले १ गोल गरेका थिए । खेलमा दुई गोल गरेको आशिष म्यान अफ दी म्याच घोषित भएका थिए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । 


मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा स्थानीय तहको सहयोगमा जारी प्रतियोगिता अन्तर्गत भोलि शनिबार सशस्त्र प्रहरीको (एपीएफ) र फ्रेन्ड्स क्लब काठमाडौँबीच प्रतिस्पर्धा हुनेछ ।

३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलीले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलीले १० लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा १२ वटा क्लबले सहभागिता जनाउने छन् । 

प्रतियोगितामा विभागीय क्लबहरू नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मर्स्याङ्दी क्लब, फ्रेन्ड्स, खुमलटार युथ क्लब, सिमरा, सर्लाहीको बागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहने आयोजकले बताएको छ । 

प्रतियोगिताको विजेताले १५ लाख र उप विजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कार राशि वृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उप विजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उप विजेता बनेको थियो । 


Author

थप समाचार
x