बंगलादेशमा हुने रग्बी सिरिजका लागि २८ खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौँ – बंगबन्धु बंगलादेश-नेपाल मैत्रीपूर्ण रग्बी सिरिजका लागि २८ नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाली राष्ट्रिय रग्बी टिमका प्रशिक्षकहरु विनोद तामाङ, राज टंक र गोपाल क्षेत्रीले २८ जनालाई बन्द प्रशिक्षणका लागि छनोट गरेका हुन् । यस अघि छनोट क्याम्पका लागि ३५ जनालाई बोलाइएकोमा २८ जनालाई बन्द प्रशिक्षणमा राखिएको हो ।
नेपाली राष्ट्रिय रग्बी टिमले बंगलादेशको राजधानी ढाकामा जुन २१ र २२ हुने सिरिजमा सहभागिता जनाउँदैछ । नेपालले तीन खेल खेल्ने तालिका रहेको छ ।
छनोटमा परेका खेलाडीहरूमा फरवार्ड श्रीराम श्रेष्ठ, सुमन चौलागाई, युद अधिकारी, रोशन घर्ती, सुजन कुमाल, रमित बहादुर मल्ल, विवेश बासु, नविन महर्जन, किरण गुरुङ, अमर सिंह श्रेष्ठ, राम किशोर चौधरी, विक्रम भारती, शेर बहादुर ओली, क्षितिज कार्की र सञ्जिव कुँवर रहेका छन् ।
त्यसैगरी ब्याक्समा कृष्ण क्षेत्री, प्रेम बहादुर कोइराला, विक्रम पुरी, सञ्जय अधिकारी, विराट श्रेष्ठ, हुत्तराज प्रधान, झुकेन राई, दिनेश थोक्कर तामाङ, निरोज कार्की, सुरज चौधरी, पुजन फेवाली, भेशराज बास्तोला र सविन महत रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया