एसियाडका लागि २३ खेलकै प्रशिक्षण बुधबारबाट
काठमाडौँ – १९ औं एसियन गेम्समा सहभागिता जनाउने खेलका लागि नेपालले प्रशिक्षण औपचारिक रुपमा बुधबारबाट सुरु गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मंगलबार एक कार्यक्रम आयोजना गरी एसियन गेम्समा नेपालले सहभागिता जनाउने २३ खेलकै प्रशिक्षण बुधबारबाट सुरु हुने जनाएको हो ।
राखेपले जनाए अनुसार पहिलो चरणको प्रशिक्षण जेठ २५ देखि असार २३ गतेसम्म सञ्चालन हुनेछ । सहभागिता जनाउने २३ खेलकै लागि प्रारम्भिक चरणका लागि खेलाडी छनोट भइसेका छन् । नेपालले २३ खेलका लागि प्रारम्भिक चरणका लागि २ सय ३० पुरुष तथा २ सय ८४ महिलासहित कुल ५१४ खेलाडी छनोट भएका छन् ।
राखेपका अनुसार दोस्रो चरणको छनोट असार २४ देखि २७ गतेसम्म हुनेछ साथै आन्तरिक मूल्याङकन असार २८ देखि ३० सम्म हुनेछ ।
नेपालले एसियन गेम्समा तेक्वान्दो, कुस्ती, कराँते, भारत्तोलन, बक्सिङ, जुडो, एथलेटिक्स, पौडी, साइक्लिङ, ट्रायथलन, महिला फुटबल, उसु, गल्फ, आर्चरी, बास्केटबल, महिला कवड्डी, फेन्सिङ, महिला ह्यान्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याडमिन्टनमा सहभागिता जनाउँदैछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया