क्रिस्टियानो रोनाल्डोलाई कोभिड-१९
पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोभिड-१९ सङ्क्रमण भएको छ । जुभेन्टस क्लबका अग्रपङ्तिका ३५ वर्षीय खेलाडी रोनाल्डोमा कुनै लक्षण देखिएको छैन तर उनी आइसोलेसनमा बसेका छन् ।
नेसन्स लिग प्रतियोगिता अन्तर्गत अब बुधवारको निम्ति तय भएको स्वीडेनविरुद्धको खेलमा उनी आफ्नो राष्ट्रको टोलीबाट उत्रिने छैनन् । पोर्चुगलको फुटबल महासङ्घका अनुसार पोर्चुगल टोलीका अन्य सबै खेलाडी सदस्यहरूको परीक्षण भने नेगेटिभ देखिएको छ । यसअघि सो प्रतियोगिता अन्तर्गत नै आइतवार भएको खेलमा पोर्चुगल र फ्रान्सबीच बराबरी भएको थियो । (एजेन्सी)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया