खेलकुद

ब्लाटर र प्लाटिनीमाथिको सुनुवाइ सुरु

इकागज |
जेठ २५, २०७९ बुधबार १७:३४ बजे

काठमाडौँ – फुटबलको सर्वोच्च निकाय फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिचेल प्लाटिनीमाथि लागेको भ्रष्टाचरसम्बन्धि आरोपमा बुधबार स्विट्जरल्याण्डमा सुनुवाइ सुरु भएको छ । 

स्विजरल्यान्डका अभियोजनकर्ताले फिफाका पूर्व अध्यक्ष  ब्लाटर र यूईएफएका पूर्व अध्यक्ष प्लाटिनीलाई २०११ मा गैरकानूनी रूपमा २० मिलियन अमेरिकी डलरको भुक्तानीको व्यवस्था गरेको आरोप लगाएका छन् । तर ब्लाटर र प्लाटिनीले उक्त आरोप अस्विकार गर्दै आएका छन् । 


बेलिनजोनामा रहेको फेडरल क्रिमिनल कोर्टमा जुन २२ सम्म सुनुवाइ हुने तथा निर्णय जुलाई ८ मा आउने अपेक्षा गरिएको छ । दोषी ठहर भए उनीहरुलाई ५ वर्षसम्मको जेल सजाय हुनेछ । 
 


Author

थप समाचार
x