खेलकुद

इंगल्यान्डको जर्सीमा केनको कीर्तिमान

इकागज |
चैत १९, २०७७ बिहीबार १२:३६ बजे

काठमाडौँ: विश्वकप २०२२ छनौट अन्तर्गतको खेलमा बिहीबार राती इंगल्यान्डले पोल्यान्डलाई २-१ ले हरायो । इंगल्यान्डको जितमा ह्यारी केन र ह्यारी म्याग्वायरले एक-एक गोल गरे । पोलिस टिमका लागि ज्याकब मोडरले गोल फर्काए ।

खेलको सुरुवाती गोल इंगल्यान्डले गर्‍यो । टोटनहमका स्ट्राइकर केनले पेनाल्टीमा गोल गर्दै इंगल्यान्डलाई खेलमा अघि बढाए । यससँगै इंगल्यान्डको जर्सीमा केनले गरेको पेनाल्टी गोल संख्या १० पुगेको छ । केन इंगल्यान्ड राष्ट्रिय टोलीको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । यसअघि यो कीर्तिमान फ्रान्क लाम्पार्डको नाममा थियो । 


त्यस्तै केनले इंगल्यान्डका लागि साताको सबैदिन गोल गर्ने कीर्तिमान पनि राखेका छन् । यसअघि त्यस्तो कीर्तिमान लाम्पार्ड र वायन रुनीको नाममा थियो । 

केनले इंगल्यान्डका लागि २१ युरो र विश्वकप छनौट खेलहरुमा २२ गोल गरेका छन् भने आठ असिस्ट दर्ता गरेका छन् । उनले इंगल्यान्डका लागि कुल ३४ गोल गरेका छन् । इंग्लिस टिमका लागि सर्वाधिक गोल गर्ने खेलाडी रुनी हुन् ।

पूर्व म्यानचेस्टर युनाइटेड खेलाडी रुनीले कुल ५३ गोल गरेका छन् । 


Author

थप समाचार
x