खेलकुद

खुल्ला तेक्वान्दो पुम्से प्रतियोगिता शनिबारबाट

इकागज |
जेठ २७, २०७९ शुक्रबार १६:९ बजे

काठमाडौँ – नेपाल तेक्वान्दो संघले शनिबारबाट प्रथम राष्ट्रिय खुल्ला तेक्वान्दो पुम्से प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौँमा शुक्रबार पत्रकार सम्मेलन गर्दै संघले प्रतियोगिता शनिबार र आइतरबार हुने जानकारी गराएको हो ।

प्रतियोगितामा महिला र पुरुषसहित ७ सय ४३ खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिताका लागि ९ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । 


प्रतियोगितामा महिला र पुरुषको समान ७-७ विधामा ७० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।


Author

थप समाचार
x