एनएसजेएफ फुटसल फेस्टिभल सम्पन्न
काठमाडौँ – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा 'एनएसएजएफ फुटसल फेस्टिभल' आयोजना गरेको छ । फेस्टिभलको उपाधि टिम क्यानडा (सन्तोष) ले जित्यो ।
शुक्रबार भएको प्रतियोगिताको फाइनलमा टिम अमेरिका (आदर्श) लाई पेनाल्टी सुटआउटमा २-१ ले हराउँदै टिम क्यानडाले उपाधि जितेको हो । निर्धारित र थप गरिएको समयमा खेल ३-३ गोलको बराबरीमा सकिएपछि पेनाल्टीबाट विजेता टोलीको टुंगो लगाइएको थियो ।
चार टोली सहभागी प्रतियोगितामा टिम अमेरिका सबै तीन खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको थियो । टिम क्यानडा भने तीन खेलमा दुई जितसहित उपविजेता बन्दै फाइनल पुगेको थियो ।
प्रतियोगिताका विजेता खेलाडीलाई मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी, ओलम्पिक कमिसनका अध्यक्ष बिष्णु गोपाल श्रेष्ठ, सुन्दर थापा, राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा प्रशिक्षक राजुकाजी शाक्य, अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रतियोगिता तथा लिग निर्देशक सन्जिब मिश्र लगायतले पुरस्कृत गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया